एजेन्सी, १९ मंसिर । कुनै समयका सुपरहिट जोडी हुन् अनिल कपुर र माधुरी दीक्षित । तर, १७ वर्ष भइसकेछ उनीहरुले सँगै काम नगरेको । उनीहरुले सन् २००० मा ‘पुकार’मा सँगै अभिनय गरेका थिए ।
अब यो लामो ‘ग्याप’ पूरा गर्दैछ इन्दर कुमारले निर्देशन गर्न लागेको चलचित्र ‘टोटल धमाल’ले । कुमारले उक्त चलचित्रमा १७ वर्षपछि अनिल र माधुरीलाई सँगै अभिनय गराएर जोड्दैछन् ।
सन् २००० भन्दा अगाडि उनीहरुको जोडी निकै जमेको थियो । उनीहरूले ‘बेटा’, ‘परिन्दा’, ‘तेजाब’ र ‘राम और लखन’मा सँगै काम गरेका थिए । रमाइलो सन्दर्भ त के छ भने ती सबै फिल्ममा उनीहरुको जोडी जमेको थियो र सबै फिल्म सुपरहिट भएका थिए ।
अनिलसँग लामो समयपछि सँगै काम गर्न पाउँदा खुसी लागेको माधुरीले प्रतिक्रिया दिएकी छिन् । कमेजी फिल्मको रुपमा आउँदै गरेको टोटल धमाल धमालको सिरिज हो ।
उनीहरुलाई अजय देवगण, रितेश देशमुख, अरशद वारसी र जावेद जाफरीलगायतले साथ दिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
The post ‘टोटल धमाल’ले १७ वर्षपछि जोड्दैछ अनिल र माधुरीलाई appeared first on Sajha Post.