Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भारतीय प्रसिद्ध अभिनेता शशी कपूरको निधन

$
0
0


नयाँ दिल्ली, भारत, १८ मङ्सिर । भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उनी ७९ बर्षको थिए ।

सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण बिरामी थिए ।

शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गरेका थिए भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए ।

भारतीय सिने जगतमा उल्लेख्य योगदान पुर्‍याएका कपूर वंशमा जन्मिएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा थिए ।

उनको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उनका दुई छोरा र एक छोरी छन् । रासस/पीटीआई

The post भारतीय प्रसिद्ध अभिनेता शशी कपूरको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles