Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

प्रियंकाको ‘हाइ डिमाण्ड’

$
0
0

एजेन्सी, १७ मंसिर । पछिल्लो समय प्रियंकाको माग भारतमा यति बढेको छ कि उनलाई एक अवार्ड सोमा ३० मिनेटको प्रस्तुतीका लागि १९ करोड २० लाख नेपाली रुपैयाँबराबरको अफर गरिएको थियो । बलिउडमा यति रकम ठुला नायिकाहरुललाई एक पूरा फिल्म खेल्नको लागि पनि दिइँदैन ।

अहिले हलिउडमा व्यस्त रहेकी प्रियंका सामाजिक सञ्जालको माध्यमबाट भारतीय फ्यानहरुमा जोडिने गरेकी छिन् । यस्तोमा उनी अबका दिनमा बलिउडमा आउँछिन् कि आउँदिनन् भन्ने कुरा पनि थाहा छैन तर अहिले उनलाई गरिएको प्रस्तावले भने उनी कुन उचाइसम्म पुगेकी छिन् भन्ने कुराको पुष्टि गरेको छ ।

यसै वर्ष एक अवार्ड सोमा उनलाई बोलाइएको थियो तर प्रियंकाले उक्त अवार्ड समारोहमा आउनलाई अस्वीकार गरेकी थिइन् । विवरणका अनुसार उनी बलिउडका प्रमुख नायिकाभन्दा कम पैसा लिन तयार थिइनन् । यद्यपि पछि उनी उक्त समारोहमा सामेल भएकी थिइन् ।

The post प्रियंकाको ‘हाइ डिमाण्ड’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles