एजेन्सी, १४ मंसिर । बलिउड अभिनेत्री कट्रिना कैफ यसवर्ष आफ्नो पूर्वप्रेमी सलमान खानसँग मिलेका छन् । तर, साँचो यो पनि हो कि अघिल्लो दुई वर्षदेखि कट्रिनाको दिल रणबीरको कारण दुखेको छ । रणबीरसँग विवाह गरेर मिसेज कपूर बन्ने सपना देखेकी थिइन् कट्रिनाले । कपूर परिवारले पनि उनलाई बुहारीको रुपमा स्वीकार्ने तयारी गरिरहेका थिए तर अचानक रणबीर कट्रिनाको सम्बन्धमा पूर्णविराम लाग्यो ।
कट्रिनाले ब्रेकअपपछि रणबीरसँग आफ्नो फिल्म ‘जग्गा जासूस’को प्रमोशन गरिन् । तर, त्यो सब उनले आफ्नो प्रमोशनल कमिटमेन्टका लागि गरेकी थिइन् । उनले हालै दिएको एक अन्तर्वार्तामा यसबारे खुलाएकी हुन् । उनले एक अन्तर्वार्तामा आफ्नो जिन्दगीको डेढ वर्ष दुखाई र पीडामा बितेको थियो ।
‘पछिल्लो समय मेरो जिन्दगीमा केही समस्याहरु आए । म अहिलेसम्म पनि त्यसबाट बाहिर आउन सकेकी छैन । मैले आफूले आफैंलाई अझ मजबुत बनाउनुपर्नेछ,’ उनले भनिन्, ‘यस क्रममा मैलै आफूले आफैंलाई बुझ्ने मौका पाएँ । म मेहनत गरिरहेकी छु र फिल्मको सेटमाथि खुशी रहन्छु ।’
यस कुराको महसुस कट्रिनाभन्दा अघि दीपिकाले पनि गरिसकेकी छन् । दीपिकाको रणबीरसँग ब्रेकअप हुँदा उनी पनि यसैगरी टुटेकी थिइन् । बताइएअनुसार उनी डिप्रेशनमा पुगिसकेकी थिइन् र बलिउडमा एक्ली समेत भइसकेकी थिइन् । दीपिकाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘रणबीरसँग ब्रेकअप भएपछि म निकै तनावमा थिएँ । मेरो जो साथी थिए, त्यो रणबीरका साथी थिए । अचानक म एक्ली भएको थिएँ ।’ उनले त्यसबेला आफू दुखी रहेको बताउँदै आफूमा भएको क्षमतालाई फोकस गर्नुपर्ने महसुस भएको गरेकी थिइन् ।
बलिउडका दुई सुन्दरी अभिनेत्री रणबीरको प्रेममा परे तर दुवै टिकेनन् । बताइएअनुसार यी दुवै अभिनेत्रीलाई रणबीरले रुवाएका छन् । दुवैले रणबीरबाट तनाव झेलेका छन् ।
The post रणबीरले रुवाएका दुई अभिनेत्री appeared first on Sajha Post.