Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पद्मावती फिल्म विवादबारे यसो भन्छन् नाना पाटेकर

$
0
0

एजेन्सी, १५ मंसिर । पद्मावती फिल्मलाई लिएर कर्णी सेनाले निर्देशक संजय लिला भंसाली र अभिनेत्री दीपिका पादुकोणलाई ज्यान मार्ने धम्की दिएका थिए ।

फिल्मलाई लिएर विवाद हुनु स्वभाविक भएको तर कलाकार तथा फिल्म निर्माण पक्षलाई ज्यान मार्ने धम्की दिनु अनुचित भएको नाना पाटेकरले बताएका छन् ।

फिल्मका कारण भारतीय सदनमा पनि बहस चलिरहेको छ । केही नेताहरु आफ्नो समुदायको विपक्षमा जान नसक्ने भन्दै बयान दिइरहेका छन् ।

बलिउडका तमाम कलाकारहरुले फिल्म रिलिज हुने पक्षमा अभिव्यक्ति दिएका छन् ।

नाना पाटेकरले भनेका छन्,’फिल्म निर्माण गर्ने समयमा पनि अवरोध गरियो । फिल्म रिलिज नगर्न धम्की दिइरहेको छ ।’ सरकारले यसबारे छिटो कदम लिनु आवश्यक रहेको छ, यसरी फिल्मी क्षेत्रका व्यक्तिहरुलाई ज्यान मार्ने धम्की दिनु गलत भएको उनले बताएका छन् ।

The post पद्मावती फिल्म विवादबारे यसो भन्छन् नाना पाटेकर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles