काठमाडौं, १४ मंसिर । नेपाल आइडलका ‘टप ४’ प्रतिस्पर्धी सागर आलेको डेब्यू गीत ‘पल्ला घरकी कान्छी नानी’ नेपालको युट्युब ट्रेन्डिङ नम्बर एकमा स्थान बनाउन सफल भएको छ ।
केही दिनअघि सार्वजनिक भएको यस गीतलाई अहिलेसम्म ४ लाख ४२ हजारभन्दा बढी पटक हेरिसकिएको छ । गीतलाई हालसम्म १९ हजार ७२ जनाले लाइक गरेका छन् भने ९ सय १७ जनाले डिस्लाइक गरेका छन् ।
सुरज विश्वकर्मा नाम गरेका युट्युब प्रयोगकर्ताले गीतलाई प्रतिक्रिया दिँदै लेखेका छन्, ‘साँच्चै नै तिमी नेपाली गीत संगीत जगतका महासागर हौं सागर भाई ।’ त्यस्तै अर्का एक प्रयोगकर्ताले दिनमा ५० पटक सोही गीतलाई हेर्दा पनि नथाकेको प्रतिक्रिया दिएका छन् । केहीले गीतको शब्द छोटो भएको बताउँदै मार्मिक भएको उल्लेख गरेका छन् ।
गीतको म्युजिक भिडियोमा सागर आले र मिरुना मगर देखिएका छन् । गीतमा फिउसन मन्त्र ब्याण्डको फिचरिङ समेत देख्न पाइनेछ । फराज अर्पणले सम्पादन तथा निर्देशन गरेको गीतलाई मनोज थापा मगरले लेखेका हुन् । हरि घले मगरले गीतको म्युजिक भिडियोलाई कैद गरेका हुन् ।
गीतको एरेन्ज गोपाल रसाइलीले गरेका छन् ।
The post युट्युब ट्रेन्डिङ नम्बर एकमा सागर आलेको ‘पल्ला घरकी कान्छी नानी’ (भिडियोसहित) appeared first on Sajha Post.