Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कपिललाई लिएर यसो भन्छिन् ‘फिरंगी’की अभिनेत्री

$
0
0

एजेन्सी, १४ मंसिर । चर्चित कमेडियन कपिल शर्माको दोस्रो फिल्म ‘फिरंगी’ १ डिसेम्बरमा रिलिज हुँदैछ । यस फिल्ममा इशिता दत्ता कपिल शर्माको अपोजिटमा देखिँदैछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसमा कपिल शर्माको मात्र नभई सबै कलाकारको मुख्य भूमिका भएको उल्लेख गरेका छन् ।

यसबारेमा अभिनेत्री इशिता दत्ता भन्छिन्, ‘यस फिल्ममा सबैको अहम भूमिका छ । यस फिल्म पूरा रुपमा कपिल शर्मामा आधारित छैन । ट्रेलरमा पनि देख्न सकिन्छ यसमा कपिलको मात्र मुख्य भूमिका छैन । यस फिल्मको शूटिङको क्रममा केही ठाउँमा केही सिनहरु काटिएका छन् र केही ठाउँमा पछि राखिएका छन् । यसको आधारमा फिल्म राम्रो बनेको छ भन्न सकिन्छ ।’

यद्यपी फिल्म फिरंगीमा इशिता दत्ताबाहेक मोनिका गिल र कुमुद मिश्राको पनि मुख्य भूमिका रहेको छ । कपिलकी अभिनेत्री इशिताले मंगलबार गुपचुप वत्सल सेठसँग विवाह गरेकी छन् ।

फिल्म फिरंगीलाई राजीव ढींगराले निर्देशन गरेका हुन् । पहिला यस मितिमा फिल्म ‘पद्मावती’ रिलिज हुने तय भएको थियो । तर, लगातार फिल्म विवादित बनेपछि पद्मावतीको रिलिज अनिश्चितकालसम्म टरेको छ ।

The post कपिललाई लिएर यसो भन्छिन् ‘फिरंगी’की अभिनेत्री appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles