Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानसँग सपना देखिन सक्ने !

$
0
0

एजेन्सी, १४ मंसिर । बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर जिंदा है’ हालका दिनमा चर्चामा छ । सलमान यस फिल्मको प्रमोशनमा लागिरहँदा अर्को एक फिल्मका लागि पनि समय दिइरहेका छन् । सलमानले फिल्म ‘रेस ३’का लागि तयारी थालिसकेका छन् । उता सलमानको ‘रेस ३’मा सपना चौधरीमा देखिन सक्ने खबर बाहिर आएको छ ।

यद्यपी अघिल्लो हप्ता ‘रेस ३’को पूरा टीम बिग बोसको सेटमा पुगेको थियो । घरभित्र रेमो र ज्याकलिन समेत पुगेका थिए । रेमोले सपनालाई एक डान्स गर्न लगाए र उनले देखाइन् । जुन टास्कमा आधारित थियो ।

रेमोलाई सपनाको डान्स मन परेको थियो । रेमोले सपनासँग फिल्ममा काम गर्ने बताएका थिए । बताइएअनुसार उनले सपना बिगबोसको घरबाट निस्किएपछि सम्पर्क गरेर उनीसँग काम गर्नेछन् । यसबारेमा सपनालाई विश्वास लागेको थिएन र उनलाई हिनाले बुझाएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमअनुसार सलमानले सपनालाई ‘रेस ३’को एक आइटम डान्समा अवसर दिनसक्ने बताएका छन् । फिल्मलाई रेमो डिसूजाले निर्देशन गर्न लागेका हुन् ।

The post सलमानसँग सपना देखिन सक्ने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles