Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमान-कट्रिनाको नयाँ गीत ‘सुव्याग’ले युट्युबमा बनायो नयाँ रेकर्ड

$
0
0

एजेन्सी । अभिनेता सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ को रिलिज डेट नजिकिँदै गइरहेको छ । यस्तोमा प्रशस्त चर्चा बटुलिरहेको यस फिल्मको ट्रेलरले सहित नयाँ गीतले समेत रेकर्ड राखेको बताइएको छ ।

‘सुव्याग से करेंगे सबका स्वागत’ नामक हालै रिलिज भएको गीतले दर्शकहरुबाट अत्याधिक प्रशंसा बटुलिरहेको छ । रिलिज भएको २४ घन्टामै युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत बनेर नयाँ रेकर्ड बनाएको हो । यशराज म्युुजिकले ट्वीटर अकाउन्ट मार्फत यसको जानकारी दिएको हो । ‘ सुव्याग गीत २४ घन्टामा विश्वमा सबैभन्दा धेरै हेरिकएको गीत बन्न सफल भएर युट्युबमा नयाँ रेकर्ड राखेको छ ’

यो गीत फिल्मका कलाकारका लागि पनि निकै खास रहेको बताइएको छ । ग्रीसको अकल्पनीय सुन्दरता झल्काउने स्थानमा सुट गरिएको यो गीतलाई चर्चित संगीतकार विशाल शेखरले कम्पोज गरेका हुन् । यसमा ग्रीस र फ्रान्सका १०० डान्सरहरुले प्रदर्शन गरेका छन् ।

The post सलमान-कट्रिनाको नयाँ गीत ‘सुव्याग’ले युट्युबमा बनायो नयाँ रेकर्ड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles