एजेन्सी, ८ मंसिर । नेपाल तथा भारतमा केही त्यस्ता फिल्महरु पनि छन् जुन सानो उमेरका बच्चाहरुले हेर्न पाउँदैनन् । त्यस्तै २४ नोभेम्बरमा रिलिज हुने सनी लियोनीको फिल्म ‘तेरा इंतजार’ १८ वर्षभन्दा कम उमेरका युवायुवतीले हेर्न नपाउने भएका छन् ।
यद्यपी भारतीय सेन्सर बोर्डले फिल्मलाई ‘ए’ सर्टिफिकेट दिएको छ । यसको मतलव फिल्म मात्र पाका उमेरका मानिसहरुका लागि हो ।
सेन्सर बोर्डले फिल्मको कुनैपनि भागलाई नकाटी पास गरेको छ । तर, फिल्म निर्माता फिल्मले U/A सर्टिफिकेट चाहेका थिए । जसकारण सबै दर्शकमा फिल्म पुग्न सकोस् । सेन्सर बोर्डको अनुसार फिल्मलाई U/A सर्टिफिकेट दिनका लागि केही सिनहरु काट्नुपर्ने थियो । यसैबीच फिल्म प्रमोशनका लाागि इन्टिमेट र हट सिनहरुको प्रयोग गरिएको थियो ।
The post किन १८ वर्षभन्दा कम उमेरकाले हेर्न पाउँदैनन् सनीको यो फिल्म ? appeared first on Sajha Post.