काठमाडौं, ८ मंसिर । दक्षिण भारतकी अभिनेत्री राय लक्ष्मीले बलिउडमा कदम राख्नासाथ तहल्का मच्चिएको छ । उनको फिल्म जुली–२ मा बोल्ड कन्टेन्ट दिएका कारण उनी चर्चामा आएकी हुन् । शुक्रबारदेखि सिनेमाघरमा यो फिल्म लागेको छ । तर, रिलिज अगाडी नै फिल्मका बोल्ड सिन अनलाइनमा लिक भइसकेको छ ।
यसप्रति रायलक्ष्मीले आक्रोश पोखेकी छन् । उनले ट्वीटरमा लेखेकी छिन्,‘यो के भइरहेको छ । म अचम्मित छु । रिलिजअघि लिक भएका भिडियो हेर्नु कसैका लागि दुखि बनाउनु हो । हाम्रो टी यसविरूद्ध सशक्त कमद उठाउँदैछ ।’
लिक भएको नर्मल सिन नभएर अहम सिन थियो । फिल्म धेरै हट सिनहरूले भरिएको छ जसबारे मानिसहरूले आपत्ति समेत जनाएका थिए । यसका बाबजुद पनि सेंसर बोर्डले फिल्मका सिन नकाटी पास गरेको थियो ।
राज्यलक्ष्मी दक्षिण फिल्मकी अदाकर अभिनेत्री मानिन्छ । जुली–२ बाट उनी बलिउडमा डेव्यु गर्दैछिन् । केही समय अघि उनले भनेकी थिइन्,‘स्क्रिप्टको माग भए म नांगिन पनि तयार छु ।’ एजेन्सी
The post बोल्ड सिन लिक भएपछि राय लक्ष्मीको आक्रोश appeared first on Sajha Post.