एजेन्सी, ६ मंसिर । सामाजिक सञ्जालमा अहिले एक प्रहरीकर्मीको तस्बिरले तहल्का मच्चाइरहेको छ । मानिसहरुले उक्त महिला प्रहरीको सुन्दरताको चर्चा गरिरहेका छन् ।
प्रहरीको पहिरनमा देखिएकी उक्त महिलाको तस्बिर फेसबुक, ट्विटरदेखि व्हाट्सएपसम्म सेयर भइरहेको छ ।
यद्यपी उनी पुलिस भने होइनन् । उनी अभिनेत्री कायनात अरोरा हुन् । उनको एक फिल्म आउँदैछ जसमा उनी पुलिसवालीको भूमिकामा छिन् । अभिनेत्री कायनात हालका दिनमा पंजाबमा ‘जग्गा जेउंदा है’ नाम गरेको फिल्मको शूटिङमा व्यस्त छिन् ।
एक व्यक्तिले उनको फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको केही बेरमै भाइरल भएको थियो ।
उनले सन् २०१० मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘खट्टा-मीठा’बाट डेब्यू गरेकी थिइन् । उनी सन् २०१३ मा रिलिज भएको फिल्म ‘ग्र्याण्डमस्ती’मा पनि देखिएकी थिइन् ।
The post हट ‘पुलिसवाली’ सामाजिक सञ्जालमा भाइरल appeared first on Sajha Post.