काठमाडौं, ७ मंसिर । एकजना अभिनेत्रीका बारेमा उनका परिवारले नै नाम बदनाम गरिरहेको अभियोग लगाएका छन् । विवाद र कन्ट्रोभर्सीमा एक नम्बर बनिरहेकी छिन्, उनी । टेलिभिजन च्यानलमा चलिरहेको विग बोस– ११ की यी सहभागी यी अभिनेत्री हुन्, अर्सी खान ।
उनले परिवारको बारेमा झूठ बोलेको भन्दै परिवारका सदस्य अगाडी आएका छन् । उनले आफ्ना हजुरबुवालाई चरित्रहिन रहेको भन्दै १८ विवाह गरेको बताएकी थिइन् । साथमा उनी अफगानिस्तानी भएको पनि बताएकी थिइन् ।
परिवारका अनुसार हजुरबुवाका बारेमा झूठ बोलिन् । उनका बुवा अरमान खानले आफ्ना बाबु वालिदले दुई विवाह गरेको र अंग्रेव शासनको बेला उनी केन्द्रिय कारागारका जेलर रहेको खुलाए ।
उनले आफूलाई २९ वर्षको बताएपनि ३१ वर्षको रहेको आमाले खुलाएकी छिन् । एजेन्सी
The post हट अर्सीकी आमाले भनिन्– परिवारको नाम बद्नाम गरी appeared first on Sajha Post.