एजेन्सी, ५ मंसिर । बलिउड अभिनेत्री प्रियंका चोपडाको स्टारडमा लगातार वृद्धि भइरहेको छ । कारण, उनले सफल फिल्म दिइरहेकी छन् । हलिउडमा काम गरेपछि उनी अन्तर्राष्ट्रिय रुपमा स्टार भएकी छन् । आफ्नो आगामी प्रोजेक्टका लागि प्रियंकाले करोडौं कमाउने भएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार एक अवार्ड शो मा डान्स गर्नका लागि प्रियंकालाई निमन्त्रणा आएको छ । त्यस शो मा ३० मिनेट डान्स गरेको १२ करोड प्रस्ताव गरिएको छ । अर्थात् आधा घण्टामा उनले १२ करोड कमाउने भएकी छन् । यसलै उनको स्टारडमलाई बढाइरहेको बलिउड पण्डितहरुले बताउन थालेका छन् ।
अवार्ड शो मा प्रियंकाले इन्टरनेशनल र हिन्दी गीतहरुमा डान्स गर्नेछिन् ।
The post प्रियंकालाई आधा घण्टाको १२ करोड ! appeared first on Sajha Post.