एजेन्सी । अभिनेता शाहरुख खानलाई बलिउडका बाद्साह पनि भनिन्छ । उनी बलिउडका सबैभन्दा ठूला कलाकार हुन् भने विश्वका सबैभन्दा धनी अभिनेता पनि हुन् ।
तीस अर्ब धनसम्पतिका मालिक शाहरुखले हरेक दिन विज्ञापन र प्रत्येक ब्रान्ड इन्डोर्समेन्टका लागि मात्र ३.५ करोड लिने गरेका छन् । उनले दुई दर्जन भन्दा बढी ब्रान्ड इन्डोर्स गर्ने गरेका छन् ।
अर्बौँ सम्पतिका मालिक शाहरुख गाडीका धेरै शौखिन मानिन्छन् । उनी धेरै महङ्गा कार चढ्ने गर्छन् । उनीसँग अडी ए६ (२८ लाख), बुगाती वेरोन (१२ करोड), टोयोटा ल्यान्ड कुजर (४४ लाख), रोल्स रोयस (२.९ करोड), बीएम डब्लू आइ८ (२.२९ करोड), मर्सिडिज बेन्ज गार्ड (२.८ करोड), बीएम डब्लू (९० लाख) का कारहरु छन् ।
यसका साथै शाहरुख घरजग्गामा पनि लगानी गर्ने गर्छन् । मुम्बई लगायत, बेलायत र दुबईमा पनि उनले आलिसान बङ्ग्ला खरिद गरेका छन् । उनको मुम्बईको २०० करोडको ६ तले बङ्ग्ला सबैभन्दा आलिसान रहेको छ । यसका साथै दुबईको पाम जुमेरिएमा रहेको अर्को होलिडे होम पनि १८ करोडको रहेको छ । यस घरमा निजी स्वीमिङ पुल र समुद्र किनारकोे बीचको पनि सुविधा छ । उनले आफ्नी पत्नी गौरीसँग रोयल इस्टेट बाई शाहरुख खान नामको टाउनशीप पनि लन्च गरेका थिए जसको मूल्य दुई अर्ब रुपैँया हो । साथै लन्डनको उनको अपार्टमेन्टको मूल्य पनि १७६ करोड रहेको बताइएको छ ।
शाहरुख आफ्नो आलिसान भ्यानिटी भ्यानका लागि पनि प्रख्यात छन् । करिब ४ करोड रुपैँयाको उनको भ्यानिटी भ्यानमा सबै सुविधाहरु छन् । उनी घडीका पनि शौखिन छन् । उनी सधैँ ४ देखि ५ लाखसम्मको घडी लगाउने गर्छन् । उनी खेलकुदमा पनि उत्तिकै सक्रिय छन् । उनले क्यारेबियन प्रिमियर लीग र इन्डियन प्रिमियर लिग दुवैमा एकएकवटा टिम खरिद गरेका छन् । उनको आइपिएल टिमको मूल्य मात्र ५५९ करोड रहेको छ ।
The post यस्तो छ ३० अर्ब सम्पतिका मालिक शाहरुखको विलासी जीवन appeared first on Sajha Post.