Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

चलचित्रकर्मीका फरक हत्कण्डा: प्रियंकाले दिपकराज, नीताले श्याम र ऋचाले अनिल बोकेपछि…

$
0
0

काठमाडौं, २९ कात्तिक । फिल्म प्रमोशनका अनेक हत्कण्डा अपनाउने क्रममा अभिनेत्री निशा अधिकारी निर्मित फिल्म ‘झ्यानाकुट्टी’ले फरक हत्कण्डा देखाएको छ ।

त्यो हत्कण्डा भनेको आफ्ना जोडीलाई बोकेर झ्यानकुट्टी पार्ने । आउने शुक्रबार रिलिजको तयारीमा रहेको यो फिल्मले यस्तो तस्बिरको प्रतियोगिता नै आयोजना गरेको छ ।

यस्तो तस्बिरमा धेरै भन्दा धेरै लाइक पाउनेले ५१ हजार नगद पुरस्कार पाउने प्रतियोगिता खुला गरिएको थियो । जसमा कलाकारमात्र होइन, दर्शक पनि सहभागी हुन पाउने जनाइएको छ ।

यस्तो तस्बिर ह्याजट्याग हाली नोभेम्बर १७ र झ्यानाकुट्टी लेखेर फिल्मको फेसबुक पेजमा मेन्सन गर्नुपर्ने प्रावधान राखिएको छ ।
यो प्रतियोगितामा कलाकारहरू सहभागी भए । जसमा प्रियंका कार्कीले दिपकराज गिरी, नीता ढुंगानाले श्याम भट्टराई, ऋचा शर्माले अनिल पराजुली, दिया मास्केले अनोज पाण्डे, वर्षा राउतले संजोग कोइराला र रीमा विश्वकर्माले रविन श्रेष्ठलाई झ्यानाकुट्टी पारेका छन् ।

यस चलचित्रमा निशासँगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै निर्देशक हुन् । प्रदीप भारद्वाजको कथा रहेको यस चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्रले सेन्सरबाट पिजी सर्टि्फिकेट पाएको छ ।

The post चलचित्रकर्मीका फरक हत्कण्डा: प्रियंकाले दिपकराज, नीताले श्याम र ऋचाले अनिल बोकेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles