Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नीतिको बेथिति, भनिन्– हाम्रा देशका महिला ‘वेश्या’का रूपमा बेचिन्छन्

$
0
0

काठमाडौं, २९ कात्तिक । जापानमा एउटा विवादास्पद विचार दिएका कारण मोडल तथा मिस नेपाल इन्टरनेशनल नीति शाह आलोचित् भएकी छन् । उनलाई विदेशी भूमिमा नेपाली महिलाको अपमान गरेको भन्दै आलोचना गर्न थालिएको छ ।

उनले नेपाल शिक्षाको आधारभुत अधिकारमा पछाडी रहेको बताइन् । जबकि, शिक्षामा नेपाल उदार रहेको छ । त्यस्तै उनले नेपालका महिला दुई वर्गमा विभाजित रहेको भन्दै ग्रामिण महिला जसलाई स्वास्थ्य, सरसफाइ तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा नभएको पनि बताइन् । त्यस्तै आफू सहरमा हुर्किएको पनि बताएकी छन् । त्यतिमात्र हैन आफ्ना देशमा त्यस्ता धेरै महिला ‘वेश्या’का रूपमा विभिन्न देशमा बेचिने गरेको बयान उनले दिएकी छन् । जुन विवादीत बनेको छ ।

नीति मिस इन्टरनेशनलको प्रतिनिधित्व गर्दै नेपालबाट जापानमा पुगेकी हुन् । अनुहार राम्रो भएपनि विचार फोहोर रहेको भन्दै नीतिको आलोचना बढेको हो ।

The post नीतिको बेथिति, भनिन्– हाम्रा देशका महिला ‘वेश्या’का रूपमा बेचिन्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles