Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आफ्नो विवाहबारे के भन्छन् सलमान ?

$
0
0

एजेन्सी । बलिउड अभिनेता सलमान खान अहिले फिल्म ‘टाइगर जिन्दा है’ को प्रमोसन गर्नमा व्यस्त छन् । फिल्म रिलिज हुनु अगाडि नै यसको ट्रेलरले थुप्रै रेकर्ड बनाइसकेको छ । यसका साथै उनले आगामी वर्ष रिलिज हुने फिल्म ‘रेस ३’ का लागि समेत सुटिङ सुरु गरिसकेका छन् ।

आफ्ना फिल्महरु बाहेक सलमान आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि बारम्बार चर्चामा आउने गर्छन्। ५० वर्ष काटिसक्दा पनि विवाह नगरि बसेका हुनाले यसबारे उनका सबै फ्यानहरु सधैँ उत्सुक भइरहेको देख्न सकिन्छ । के सलमानले कहिल्यै विवाह गर्दैनन् ? यो प्रश्न गर्दा सलमान पहिले धेरै रिसाउने गर्थे तर आजभोलि भने उनी यो प्रश्नमा बेस्सरी हाँस्छन् ।

हालै एक अन्र्तवार्तामा उनले यस प्रश्नको जवाफ यसरी दिए, ‘म यो प्रश्नको जवाफ कसरी दिऊँ ?मलाई एकदमै खुसी लाग्छ कि सबैलाई मेरो विवाहको धेरै चिन्ता छ र जहाँ गएपनि मानिसहरुले सबैभन्दा पहिले यही प्रश्न गर्ने गर्छन् । तर मैले भने अहिलेसम्म बुझेको छैन कि मेरो विवाहले अरुलाई कसरी फाइदा हुन्छ ? म आफैँलाई थाहा छैन मेरो विवाह हुन्छ वा हुँदैन वा कहिले हुन्छ । अहिलेका लागि म धेरै खुसी छु र म यत्तिकै खुसी रहन चाहान्छु । ’

उनको यस बयानले त उनको विवाह गर्ने सोच नभएको नै अनुमान गर्न सकिन्छ । यसले उनका फ्यानहरु धेरै निराश बनेका छन् । अभिनेता सलमान खान पूर्वप्रेमिका कट्रिना कैफसँग पाँच वर्षपछि पर्दामा एकसाथ देखिन लागेका हुन् । उनको फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ ।

The post आफ्नो विवाहबारे के भन्छन् सलमान ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles