एजेन्सी, २९ कात्तिक । बलिउडमा पनि केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जो एउटै विवाहमा टिकिरहन सकेनन् । त्यसैले पनि हुनसक्छ,उनीहरुले पहिलो परिवारको सम्बन्धलाई खासै महत्वमा पनि राखेनन् ।
बलिउडका लिजेण्ड अभिनेता हुन् धर्मेन्द्र । उनले घर परिवारको बेवास्था गर्दै दोस्रो विवाह गरेका थिए । आजसम्म पनि उनको पहिलो परिवारले हेमा मालिनी र उनका सन्तानलाई अपनाएको छैन । हेमाको परिवार पनि उक्त निर्णयदेखि खुसी थिएन ।
धर्मेन्द्र पहिलादेखि नै विवाहित थिए । तर, पनि उनले हेमासँग विवाह गरे । हेमाका पिता यस विवाहसँग कत्ति पनि खुसी थिएनन् । आफ्नी छोरीको विवाह विवाहित पुरुषसँग हुन नदिन उनले धेरै नै प्रयास गरे तर हेमाले अन्तत धर्मेन्द्रसँग नै विवाह गरिन् ।
The post आजसम्म पनि एक हुन नसकेको धर्मेन्द्रको त्यो परिवार appeared first on Sajha Post.