एजेन्सी, २८ कात्तिक । रजनीकांत दक्षिण भारतीय फिल्मका लागि चर्चित नाम हो । उनको दक्षिण भारतमा मात्र नभई विश्वमा समेत फ्यान छन् । उनलाई कतिपय ठाउँमा त भगवानको रुपमा समेत पुज्ने गरेको पाइन्छ ।
१२ डिसेम्बर १९५० मा बेंगलुरुमा जन्मिएका रजनीकांतका बाल्यकालको नाम शिवाजी राव गायकवाड हो । उनको पिता रामोजी राव गायकवाड एक हलवदार थिए । आमाको मृत्युपछि चार भाईबहिनीमध्ये सबैभन्दा सानो रजनीकांतलाई महसुस भयो कि घरको हालत ठिक छैन । त्यसपछि उनले कुल्लीको काम समेत गरे ।
त्यसपछि रजनीकांतले बेंगलुरु परिवहन सेवा (बीटीएस)मा एक कंडक्टरको काम गरे । जीवनमा निकै संघर्ष गरेका रजनीकांत अहिले दक्षिण भारतका सुपरस्टार हुन् । अभिनयको जादु छरेका उनले सन् १९९३ मा मद्रास फिल्म संस्थानमार्फत अभिनयमा डिप्लोमा गरे । त्यसपछि उनी फिल्मी दुनियाँमा प्रवेश गरे र कडा मेहनतका कारण फिल्मबाट बाहिर फर्केर हेर्नु परेन ।
रजनीकांत आफैंमा एक प्रेरणादायी हुन् र अरुका लागि एक प्रेरणा पनि हुन् ।
The post कुनैबेला बसको टिकट बेच्ने रजनीकांत यसरी बने सुपरस्टार appeared first on Sajha Post.