Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस्ता छन् बलिउड कलाकारका बाल्यकालबारे रमाइला घटना (तस्बिरसहित)

$
0
0

एजेन्सी । बलिउडका कलाकारले आज बालदिवसका दिन आफ्नो बाल्यकाल बारे रमाइला घटनाहरु सुनाएका छन् । यसका साथै उनीहरुका पुराना तस्बिरहरु पनि सार्वजानिक गरिएको छ ।

सलमान खान-
हामी चारै जना भाइबहिनी धेरै चकचक गर्ने गथ्र्यौँ । एकपटक त हामीले घरका भाँडा र ट्रफीहरु समेत बेच्न लगेका थियौँ जसका लागि पछि हामीले धेरै पिटाई खायौँ । तर सबै मिलेर गलती गरेपनि गाली खाने बेलामा मैले मात्र धेरै फस्थेँ । सोहिल र अर्पिता सानै थिए भने अर्बाज सधैँ भाग्थ्यो वा लुक्थ्यो त्यसैले बुवाको मैले धेरै पिटाइ खाएको छु ।

शाहरुख खान-
मैले मेरो बाल्यकालमा त्यति धेरै मोजमस्ती गर्न पाइन किनकी सानैमा म अनाथ भएँ । मेरा पिताले मलाई सधैँ कश्मिर घुम्न लैजान्छु भन्नु हुन्थ्यो तर हामी जान नपाउँदै उहाँको मृत्यु भयो । यसपछि मैले कहिल्यै कश्मिर नजाने निर्णय गरेको थिएँ । तरपनि एउटा फिल्मका लागि मा यश चोपडासँग कश्मिर गएँ । उहाँ पनि मेरा पिता समानका व्यक्ति हुन् ।

शाहिद कपूर-
म सानैदेखि सबै शिक्षकको सबैभन्दा मन पर्ने बच्चा थिएँ । म मोटो भएकाले सबैले मेरो गाला तानिरहने गर्थे ।

अक्षय कुमार-
मैले मेरा पिताको मायाको धेरै फाइदा उठाएको छु । म सानोमा धेरै चकचके थिएँ ।

दिपिका पादुकोण-
म सानोमा धेरै लजालु थिएँ । त्यसैले हाम्रो घरमा कोही पाहुना आउँदा म ममीसँग गएर लुक्थेँ । मलाई अन्जान व्यक्तिलाई हेलो भन्न समेत लाज लाग्थ्यो । त्यसबेला मैले म अभिनेत्री हुन्छु भन्ने कहिल्यै सोचकी थिइन ।

सोनाक्षी सिन्हा-
म सानो छँदा एकदमै दादागिरी देखाउँथे । अझ स्कुलमा पढ्दा कसैले मेरा साथीहरुलाई केही भन्यो भने म सिधै त्यो मान्छेसँग लडाईँ गर्न जान्थेँ । मैले एकपटक एउटा केटालाई झापड हान्दा उसको दाँत नै झरेको थियो । म यो घटना कहिल्यै बिर्सिन सक्दिन ।

श्रद्धा कपूर-
सानैदेखि मैले सबैबाट धेरै माया पाएकी छु । त्यसकारण कसैले अलिकति गाली गर्दा पनि मेरो आँखाबाट आँसु आइहाल्थ्यो ।

 

The post यस्ता छन् बलिउड कलाकारका बाल्यकालबारे रमाइला घटना (तस्बिरसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles