Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पोस्टरका कारण संकटमा शाहरुख र करण

$
0
0

एजेन्सी, २७ कात्तिक । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा, अक्षय खन्ना र अभिनेत्री सोनाक्षी सिंहाको फिल्म ‘इत्तेफाक’ केही हप्ताअघि रिलिज भएको थियो । यस फिल्मलाई करण जोहरको धर्मा प्रोडक्शन र शाहरुख खानको रेड चिलीज प्रोडक्शन मिलेर बनाएका थिए । दर्शक तथा समीक्षकले फिल्मलाई राम्रो भने पनि एक पोस्टरका कारण करण र शाहरुख संकटमा परेका छन् ।

यद्यपी फिल्मको एक पोस्टरमा अक्षय खन्नाको ओठमा चुरोट च्यापिएको देखिएको छ र यसै पोस्टरका कारण दिल्ली स्वास्थ्य विभागले करण र शाहरुखको प्रोडक्शन हाउसलाई एक सुचना पठाएको छ । स्वास्थ्य विभागका अनुसार उक्त पोस्टरले धुमपानलाई बढावा दिएको छ । फिल्मका निर्मातामाथि धुमपानलाई बढावा दिएको भन्दै COTPA नियमको उल्लंघन गरेको आरोप लागेको छ ।

डीएनएमा प्रकाशित खबरका अनुसार दिल्लीको स्वास्थ्य विभागका एक अधिकारीले फिल्मका निर्मातालाई मेलमार्फत सुचना पठाइएको हो । तर, त्यसको कुनै पनि जवाफ नआएको बताइएको छ । उनले भने, ‘यदि फिल्मका निर्माताले चार दिनभित्र धुमपनालाई बढावा दिने प्रकारको पोस्टर सामाजिक सञ्जाल तथा विभिन्न स्थानबाट नहटाए कारबाही गर्‍छौं ।’

फिल्मले हालसम्म २१ करोडको व्यापार गरेको छ ।

The post पोस्टरका कारण संकटमा शाहरुख र करण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles