एजेन्सी, २६ कात्तिक । बलिउड निर्देशक संजय लीला भंसालीको आगामी फिल्म ‘पद्मावती’लाई लिएर बलिउडमा चर्चा चलेको छ । ऐतिहासिक तथ्यलाई तोडमोड गरेर फिल्म बनाएको भन्दै भारतमा उनको तिव्र विरोध हुँदै आएको छ । यद्यपी चर्चित गीतकार जावेद अख्तर र करण जोहर समेत केहीले भने उनको समर्थन गरेका छन् ।
यसअघि फिल्मको शूटिङको क्रममा नै जयपुरको जयगढमा स्थानीयले बाधा पुर्याएका थिए । यहाँसम्म कि करणी सेनाका सदस्यहरुले भंसालीमाथि आक्रमण गर्नुका साथै शूटिङका उपकरण समेत तोडफोड गरेका थिए । यसपछि पनि विरोध थामिएन । राजपूत संगठनले पनि फिल्मको विरोध गर्यो ।
यसपछि केही समयअघि मात्र भंसालीले एक भिडियो जारी गर्दै फिल्ममा ऐतिहासिक ठेस पुर्याउने कुनैपनि सिक्वेन्स नभएको भन्दै आफ्नो बचाउ गरेका थिए । उनले फिल्ममा आपत्तिजनक सिन नभएको प्रष्ट पारे ।
The post यसकारण बढाइयो संजय लीला भंसालीको सुरक्षा appeared first on Sajha Post.