एजेन्सी । बलिउडका सफल अभिनेत्रीले समेत सुन्दर बन्ने चाहानाले प्लास्टिक सर्जरीको मद्दत लिइसकेका छन् । कतिपय अभिनेत्री त सर्जरीपछि चिन्न नसकिने भएका थिए भने कसैले चाहिँ सर्जरी बिग्रिएपछि धेरै पछुताएको समेत स्वीकारेका छन् ।
१. मीनिसा लाम्बा
मिनिसाले बलिउडमा सफलता हात पार्न असफल भएपछि आफ्नो करिअरलाई अघि बढाउन सर्जरीको सहायता लिएकी थिइन् ।
२. अनुष्का शर्मा
अनुष्काले आफ्नो ओठको सर्जरी गराएपछि सामाजिक सञ्जालमा धेरै गालीगलौज सुन्नु परेको थियो । फ्यानहरुले उनी पहिले नै धेरै सुन्दर भएको र सर्जरी गराउनुपर्ने आवश्यक्ता नभएको भन्दै दुःख व्यक्त गरेका थिए । धेरैले सर्जरी गलत भएपछि उनको सुन्दर अनुहार बिग्रिएको प्रतिक्रिया समते दिएका थिए ।
३. कंगना रनावत
कंगनाले बलिउडमा सफलता हासिल गरेको धेरै समय भएको छैन तर सर्जरीको कुरामा उनी पनि कोहीभन्दा कम छैनन् । उनले आफ्ना गाला र स्तनको सर्जरी गराएको खबर बाहिर आइसकेको छ ।
४. शिल्पा शेट्टी
शिल्पा शेट्टीको पहिलेको तस्बिर हेरेरै थाहा पाउन सकिन्छ कि पछिल्लो समय उनले आफ्नो अभिनय भन्दा सर्जरीलाई धेरै समय दिइरहेकी छन् । उनको नाकको पहिलो सर्जरी बिग्रिएपछि उनले पुन सर्जरी गराएर गलती सुधारेकी थिइन् । साथै उनले थुप्रै बुटोक्सका सुई समेत लगाइसकेको बताइन्छ ।
५. राखी सावन्त
सधैँ अनौठा कारणले चर्चामा आउन चाहाने बलिउडकी आइटम डान्सर राखी सावन्तले पनि पटकपटक सर्जरीको साहयता लिएकी छन् । उनले ओठ, नाक देखि लिएर शरीरका अन्य भाग र स्तनको सर्जरी समेत गराइसकेकी छन् ।
६. प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडा विश्वभरमै अहिलेकी सबैभन्दा सफल अभिनेत्री मध्येमा पर्छिन् । तर कुनै समय उनले पनि सर्जरीको सहायता लिएकी थिइन् । उनका तस्बिरहरुमा आएका आकष्मिक बदलावहरुले नै यो प्रष्ट पार्छ ।
७. करिश्मा कपूर
अभिनेत्री करिश्मा कपूर अहिले बलिउडमा त्यति देखा पर्दिनन् । तरपनि अझै उनका फ्यानहरु उनको पर्खाइमा छन् । तस्बिरमा प्रस्ट देख्न सकिन्छ कि करिश्माले सुन्दर अनुहारका लागि धेरै अस्पताल धाउनु परेको थियो ।
८. कट्रिना कैफ
अभिनेत्री कट्रिना कैफले जति नै ठूला अभिनेतासँग काम गरेपनि उनको अभिनयलाई लिएर अझै धेरैले चित्त बुझाएका छैनन् । तर उनको सुन्दरताले भने सबै फ्यानको मन जित्न सफल भइरहेको देखिन्छ । उनी पनि धेरै मिहिनेत र कठिन परिस्थितिपछि सर्जरीको सहायता लिन बाध्य बनेकी थिइन् ।
The post यी हुन् सुन्दर बन्न प्लास्टिक सर्जरीको सहायता लिएका बलिउड अभिनेत्री appeared first on Sajha Post.