Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दिशाले पुन: गराइन् बोल्ड फोटोशूट

$
0
0

एजेन्सी, २३ कात्तिक । बलिउड अभिनेत्री दिशा पटनी विभिन्न कारण मिडियामा छाइरहन्छिन् । उनी बोल्ड फोटोशूटका लागि पनि चर्चित छिन् । त्यस्तै दिशाले हालै एक बोल्ड फोटोशूट गराएकी छन् जसलाई उनले सामाजिक सञ्जालमा पनि अपलोड गरेकी छन् ।

उक्त तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन् । फोटोमा दिशाले अलग-अलग ड्रेस पहिरिएकी छन् र खुलेर पोज दिएकी छन् । दिशाले फोटोशूट एक पत्रिकाका लागि गरेकी हुन् ।

दिशा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छन् । उनको उक्त फोटोशूटलाई ६ लाख बढीले मन पराएका छन् । इंस्टाग्राममा दिशाको ७६ लाखभन्दा बढी फलोअर्स छन् । दिशा चाँडै नै टाइगर श्राफको फिल्म ‘बागी २’मा देखिँदैछिन् ।

The post दिशाले पुन: गराइन् बोल्ड फोटोशूट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles