एजेन्सी, २३ कात्तिक । फिल्ममा पाउने एउटा सानो भुमिकाले धेरैको मन जित्न सफल भइन्छ । बलिउडमा कतिपय यस्ता प्रख्यात कलाकारहरु रहेका छन् जसले ‘गेस्ट अपिरेन्स’का भरमै चर्चा बटुले र आफ्नो भाग्य समेत बदल्न सफल भए ।
धेरै कलाकारहरु अब ‘गेस्ट अपिरेन्स’ को भुमिका गर्न समेत हिचकिचाउँदैनन् । एउटा सानो भुमिका कारण नयाँ परिचय बनाउने कलाकारहरुले आफ्नो जीवनमा यति ठुलो सफलता पाइएला भनेर नसोचेको समेत बताउँछन् ।
टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेका बिक्रान्तले सन् २०१३ मा आएको फिल्म ‘लुटेरा’ बाट फिल्मी करिअर सूरु गरेका थिए । उनले उक्त फिल्ममा सपोर्टिङ रोल गरेका थिए । आज उनी बलिउडमा व्यस्त अभिनेताका रुपमा परिचीत छन् । उनी र कल्की कोचलिन अभिनय गरेको फिल्म आउँदैछ ।
The post यसरी भाग्य चम्कियो बिक्रान्तको appeared first on Sajha Post.