एजेन्सी, २२ कात्तिक । बलिउड अभिनेत्री करिश्मा कपूर यतिबेला आफ्नो प्रेम-सम्बन्धका कारण मिडियामा छाइरहेकी छन् । अब एकपटक पुन: करिश्मा र उनको प्रेमी संदीप ताशनीवाललाई लिएर भारतीय सञ्चारमाध्यममा खबर बनेको छ । यद्यपी, अहिले करिश्मा र उनको ब्याईफ्रेन्ड संदीप तोशनीवालको बिहे सजिलो हुँदै गएको छ । उता संदीप तोशनीवालकी पत्नी अशरिता तोशनीवालले सम्बन्ध-विच्छेदको सबै शर्तहरु मानिसकेकी छन् ।
लामो समयदेखि डिभोर्स प्रक्रियामा रोकावट आएपनि अब भने लगभग कुरा मिलिसकेको बताइएको छ । सात वर्ष लामो लडाईपछि उनीहरुको डिभोर्स भएको हो । उता करिश्माको पूर्वपति संजय कपूरले पनि प्रिया सचदेवसँग विवाह गरिसकेका छन् । यस्तोमा करिश्मा पनि चाँडै नै आफ्नो प्रेमी संदीप तोशनीवालसँग विवाह गर्न चाहेकी छन् ।
संदीप र करिश्माको भेट एक पार्टीमा भएको थियो । त्यसपछि उनीहरुबीच सम्बन्ध बढेको थियो । उक्त सम्बन्ध यतिबेला विवाहसम्म पुगिसकेको छ । करिश्माको परिवारले उक्त कुरालाई मानिसकेको छ । संदीप तोशनीवाल एक चर्चित कम्पनीका प्रमुख हुन् । सन् २००३ मा उनको विवाह डा. अशरितासँग भएको थियो । संदीपको दुई छोरीहरु छन् । यद्यपी करिश्मामा पनि दुई बच्चाकी आमा हुन् । संदीप र करिश्माको बिहे चाँडै नै हुने बताइएको छ ।
The post अभिनेत्री करिश्माले छिट्टै बिहे गर्ने appeared first on Sajha Post.