Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

के ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीले सन्नी लियोनीलाई माथ दिन्छिन् ?

$
0
0

काठमाडौं, २२ कात्तिक । भुवन केसी निर्मित तथा उनका छोरा अनमोल केसी अभिनित फिल्म ‘कृ’की अभिनेत्री अदिती बुढाथोकीबारे भारतीय मिडियामा चर्चा सुरू भएको छ ।

पञ्जावमा रहेर मोडलिङ र म्युजिक भिडियोमा उदय गरेकी अदितिबारे भारतीय मिडियाले सन्नी लियोनीलाई माथ दिने नयाँ अभिनेत्री भनेर उल्लेख गरेको छ ।

एबीपी न्युजको अनलाइन संस्करणले यस्तो विश्लेषण गर्दै अदितीको चर्चा गरेको हो । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन् ति मध्ये अदिती पनि अगाडी छिन्’, समाचारमा उल्लेख छ ।

उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट भएको बताएको छ । अदितीका केही तस्बिर अहिले इस्टाग्राममा भाइरल समेत भएका छन् । इस्टाग्राममा अदितीका तीन लाख फ्लोअर्स छन् ।

फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी २४ बर्षीय अदिती झापामा जन्भिएर मुम्बईमा बस्दै आएकी छिन् ।

केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । ‘कृ’को सुटिङका लागि अदिती नेपालमा छिन् ।

The post के ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीले सन्नी लियोनीलाई माथ दिन्छिन् ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles