Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानले कट्रिनासँग किन दिएनन् किसिङ सिन ?

$
0
0

एजेन्सी, २२ कात्तिक । बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर बाहिर आएको छ । अली अब्बास जफरको निर्देशनमा बनेको फिल्ममा सलमान र कट्रिनाको दमदार अभिनय देख्न सकिन्छ । फिल्मका निर्देशक अली अब्बास चाहन्थे कि ‘टाइगर जिंदा है’मा सलमानले करिब २५ वर्षको अघि खाएको एक कसम तोडुन् ।

निर्देशक अब्बास फिल्ममा सलमान र कट्रिनाबीच एक लिप-लक अर्थात् चुम्बन दृश्य शूट गराउन चाहन्थे । फिल्ममा निर्देशकलाई लागिरहेको थियो कि एक विशेष सिक्वेन्सका लागि सलमान र कट्रिनाबीच किसिङ सिन जरुरी छ ।

स्क्रिनमा धेरै पटक किसिङ सिन दिइसकेकी कट्रिना त्यसका लागि तयार समेत भइसकेकी थिइन् तर निर्देशक अली अब्बासले त्यसबारे सलमानलाई बताएपछि उनले अस्वीकार गरे । अली अब्बासले सलमानलाई कट्रिनाका साथ किसिङ सिन दिनका लागि निकै सम्झाए पनि उनले मानेनन् । किसिङ सिनका लागि फिल्मलाई कति फाइदा गर्छ समेत भनेर सम्झाउँदा पनि उनले आफ्नो पुरानो कसम तोडेनन् ।

The post सलमानले कट्रिनासँग किन दिएनन् किसिङ सिन ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles