एजेन्सी । तिहारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’ मा अभिनेत्री ऐश्वर्या राय वच्चनको अन्तरंग दृश्य छ । फिल्ममा उनले रणवीर कपुरसँग दिएको अन्तरंग दृश्यले बलिउड फिल्म बजारमा चर्चा पाइरहेको छ ।
ऐश्वर्याको अन्तरंग दृश्यका कारण उनका पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चन रिसाएको चर्चा चलेको थियो । बच्चन परिवारले फिल्मको यो दृश्य हटाउन निर्देशक करण जोहरलाई आग्रह गरेको समेत समाचार थियो ।
एक कार्यक्रममा पुगेका अमिताभले दिएको बयानले सबैलाई आश्चर्यमा पारेको छ । सञ्चारकर्मीले ऐश्वर्याको दृश्यलाई लिएर सोधेको प्रश्नमा अमिताभले भने, ‘‘मैले अहिलेसम्म फिल्मको ट्रेलर र गीत केही पनि हेरेको छैन ।’उनको यो प्रतिक्रियाबाट उक्त प्रश्नबाट बचाउनका लागि दिएको प्रष्ट हुन्छ ।
The post ऐश्वर्याको अन्तरंग दृश्यमा अमिताभको यस्तो जवाफ appeared first on Sajha Post.