काठमाडौं, ५ असोज । नेपाली कथानक चलचित्र ‘लालटिन’ को पोष्टर तथा टिजर एक पत्रकार सम्मेलनका बिच सार्वजनिक भएको छ । कलाकार भानु प्रतापको लगानीमा बनेको लालटिन एक्सनमा केन्द्रित छ ।
देव कुमार श्रेष्ठ निर्देशित फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, राज कटुवाल लगायतको भूमिका रहेको छ । फिल्म चैत्र १८ बाट प्रर्दशनमा आउनेछ ।
पोस्टर चोरीको आरोप
नेपाली फिल्म हलिउड तथा बलिउड फिल्मसँग प्रभावित हुनु अथवा चोरीको आरोप लाग्नु नौलो भने पक्कै होइन । यस अघि पनि केही नेपाली फिल्मलाई यस्तो आरोप लागेको थियो ।
हालै सार्वजनिक भएको ‘लालटिन’ को पोष्टर चोरेको आरोप लागेको छ । उक्त फिल्मको पोष्टर सन् २००८ मा बनेको हलिउड फिल्म ‘भिन्टेज पोइन्ट’ को पोष्टरसँग हुबहु मिलेको छ ।
पोष्टरको डिजाइन, कलाकारको स्थान पनि मिल्दोजुल्दो नै छ । यसलाई चोरको भन्ने वा प्रभावित भन्ने, त्यो जिम्मा दर्शकको ।
टिजर हेर्नुहोस्
The post ‘लालटिन’ को टिजर तथा पोष्टर सार्वजनिक, पोष्टर चोरीको आरोप appeared first on Sajha Post.