काठमाडौं, ६ असोज । नेपाली लोकदोहोरी क्षेत्र यतिबेला चुनावी माहोलमा छ । उम्मेद्वारहरुको नाम सामाजिक सञ्जालहरुमा छाउन थालेका छन् । आ–आफ्नो प्यानलाई जिताउन लागिपरेका छन् । कलाकारहरु प्रचारका लागि व्यस्त देखिएका छन् ।
त्यस्तै नेपाली लोक दोहोरीका नायक मानिने पशुपति शर्माले पनि आफ्नो दर्ता गराएका छन् । उनको उम्मेद्वारीलाई दर्शकहरुले चासोको रुपमा हेरेका छन ।
गायक शर्माले नेपाली लोक दोहारी क्षेत्रको चुनावी प्रक्रियामा प्रथम उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । त्यस्तै अर्का चर्चित गायक प्रकाश कटुवालले भने केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै, प्रतिष्ठानको अध्यक्षको लागि तीन जनाको उम्मेद्वारी परेको छ । जसमा बद्रि पंगेनी, विष्णु खत्री र टिकाराम चपाई रहेकाे गायक प्रकाश सपुतले जानकारी दिए ।
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालको छैटो महाधिवेशन असोज ८, ९ र १० गते राजधानीमा हुँदैछ ।
The post लोकदोहोरी प्रतिष्ठानमा पशुपतिको उम्मेद्वारी appeared first on Sajha Post.