एजेन्सी, १९कात्तिक । बक्स अफिसमा अझै पनि फिल्म गोलमाल अगेनले सानदार कमाइ गरिरहेको छ ।
पछिल्लो पटक रोहित सेट्टीको निर्देशनमा बनेको यस फिल्मले नयाँ रेकर्डहरु बनाउँदै कमाइ गरेको हो ।
गोलमाल अगेनले १५ दिनसम्म १८४ करोड भारतीय रुपैयाँभन्दा बढी रकम कमाउन सफल भएको छ ।
फ्रेन्चाइज स्टोरीमा बनेको यस फिल्ममा अजय देवगन, तब्बु, अर्साल वर्सी जस्ता कलाकारहरुको मुख्य भुमिका रहेको छ । कमेडीधारलाई पछ्याएको यस फिल्मका अघिल्ला फ्रेन्चाइज स्टोरीहरु पनि सुपर हिट रहेका थिए ।
The post फिल्म ‘गोलमाल अगेन’ को १५ औ दिनसम्मको कमाइ यस्तो appeared first on Sajha Post.