Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लिक भयो टाइगरको लुक

$
0
0

एजेन्सी, १८ कात्तिक । बलिउड अभिनेता टाइगर श्राफ यतिबेला आफ्नो आगामी फिल्म ‘बागी २’को शूटिङमा व्यस्त छन् । टाइगर यस फिल्मबाट निकै नै उत्साहित छन् । फिल्ममा टाइगरको साथमा उनको प्रेमिका दिशा पटानी पनि छिन् ।

फिल्मका लागि टाइगरले कडा मेहनत गरिरहेका छन् । बताइएअनुसार फिल्ममा टाइगरले अहिलेसम्मकै सबैभन्दा कडा एक्सन दिएका छन् । हालै टाइगरको फिल्मबाट एक लुक लिक भएको छ । लिक भएको तस्बिरमा उनको छातीमा रगतनै रगत देखिएको छ । जसले फिल्ममा एक्सन सिनहरु नै कब्जा जमाएको हुन सक्ने अनुमान लगाउन थालिएको छ ।

यस तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस फिल्मका लागि टाइगरले जिम गरेर पाँच किलो तौल समेत बढाएका थिए । फिल्म आगामी वर्षको २७ अप्रिलमा रिलिज हुनेछ ।

The post लिक भयो टाइगरको लुक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles