Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘म अरुलाई हसाउनका लागि नै जन्मेको हुँ’

$
0
0

एजेन्सी, २२ असोज ।  बंम्हानंदनको जन्म आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा भएको हो । सन् १९५६ मा जन्मिएका यी अभिनेताले पुरै परिवारमा एक यस्ता व्यक्ति हुन् जसले एमए सम्मको पढाइ गरेका थिए । एमएको पढाइपछि उनले तेलुगु लेक्चरर भएर काम समेत गरे । कलेजमा उनी विभिन्न अभिनेताहरुको नक्कल गरेर हसाँउने काम गर्थे ।
एकपटक कलेजमा भएको नाटक प्रतियोगितामा उनलाई उत्कृष्ट सर्पोटिङ आर्टिस्टको पुरस्कार दिइएको थियो । त्यसपछि उनको ड्रामाप्रति रुची बढेर गयो । उनको भेट निर्देशक जन्धलालसँग भयो । उनले बंम्हानंदमलाई नाटक ‘मोद्दाबाई’ काम गरेको देखे । त्यसपछि उनको भाग्य चम्कियो । उनले फिल्म ‘चन्ताबाबाई’ फिल्ममा सानो भुमिका पाए । यसरी उनको करिअर सुरु भयो ।
यसपछि उनलाई फिल्मको कुनै कमी भएन । उनले हालसम्म १००० भन्दा बढी फिल्म गसिकेका छन् ।
उनी परिवारका सन्तानहरुमध्ये ७ औ नम्बरमा पर्छन् । उनी सानैदेखि अरुलाई हसाउँने काम गरेका कारण पनि कमेडियन हुन ललायित भएका थिए । उनलाई सन् १९८५ मा पहिलो ब्रेक मिलेको थियो । उनका अनुसार उनलाई भगवान्ले मानिसहरुलाई हसाउँन धर्तीमा पठाएका हुन् ।

फिल्मी क्षेत्रमा तीन दशक बिताइसकेका ब्रम्ही आज पनि उत्तिकै व्यस्त रहेका छन् । ब्रम्हानंदमको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता रहेको छ । उनले सन् २००७ मा एउटै भाषामा ७०० भन्दा धेरै फिल्म गरेर रेकर्ड बनाएका थिए ।

The post ‘म अरुलाई हसाउनका लागि नै जन्मेको हुँ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles