Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

घरबाहिर के गर्छन् यी चर्चित बलिउड सेलिब्रेटीका पत्नी ?

$
0
0

काठमाडौं । बलिउडमा केही यस्ता सेलिब्रेटिज छन् जसका श्रीमती अलग-अलग क्षेत्रमा व्यस्त छन् । यस्तै एक स्टारका पत्नी हुन् गौरी खान । शाहरुख खानकी पत्नी गौरी बेलाबेलामा मिडियामा आइरहन्छिन् । गौरी फिल्म निर्मात्री र इन्टेरियर डिजाइनर हुन् । उनले ‘ओम शान्ति ओम’, ‘माई नेम इज खान’ जस्ता चर्चित फिल्महरु बनाइसकेकी छन् ।

सन् २०१४ मा बलिउड अभिनेता जोन अब्राहमले प्रिया रुंचालसँग विवाह गरेका थिए । उनी पेशाले बैंकर हुन् ।

सुनील शेट्टीकी पत्नी माना फेशन र इन्टेरियर डिजाइनर हुन् । उनी सामाजिक कार्यमा पनि सक्रिय छिन् । यी दुईले सन् १९९१ मा विवाह गरेका थिए ।

अभिनेता सोहेल खानकी पत्नी सीमा सचदेव फेशन डिजाइनर हुन् । सन् १९९८ मा यी दुई वैवाहिक जीवनमा बाँधिएका थिए ।

इरफान खानकी श्रीमती पेशाले फिल्म निर्मात्री र लेखिका हुन् । उनले ‘कहानी’, ‘खामोशी: द म्यूजिकल’, ‘शब्द’, ‘सुपारी’ जस्ता फिल्म लेखेकी छन् । साथै उनी इरफान स्टारर फिल्म ‘मदारी’को निर्माण गरेकी थिइन् ।

इमरान हाशमीकी पत्नी परवीन शाहनी स्कूलको शिक्षिका हुन् । यी दुईले सन् २००६ मा विवाह गरेका थिए ।

The post घरबाहिर के गर्छन् यी चर्चित बलिउड सेलिब्रेटीका पत्नी ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles