Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पोखरामा असोज ३० गतेबाट ‘अग्निदहन’

$
0
0


पोखरा, २१ असोज । बोक्सी कुप्रथामा आधारित रहेर निर्माण भएको फिल्म ‘अग्निदहन’ले पोखराबाट प्रदर्शन आरम्भ गर्ने भएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण प्रतिष्ठान’को निर्माणमा तयार भएको यो फिल्म आगामी ३० गते पोखराको श्रीकृष्ण हलमा ‘स्पेशल शो’ हुने निर्माण यूनिटले जनाएको छ ।

फिल्मको प्रदर्शनीलाई अभियानको रुपमा अगाडि बढाईने प्रतिष्ठानले जनाएको छ । शुक्रबार प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलन गर्दै अभियान अन्तरगत यो फिल्मलाई नेपालका सबैजसो ठाऊँमा प्रदर्शन गरिने जानकारी दियो । ‘हामीले यो फिल्म मनोरञ्जनका लागि भन्दा पनि सामाजिक सचेतनाका लागि निर्माण गरेका हौँ,’ प्रतिष्ठानका अध्यक्ष कोबिदशरण उपाध्यायले भने, ‘त्यसैले हामी स्पेशल शो मार्फत यो फिल्मलाई देशभरि र अन्तराष्ट्रिय बजारमा पनि लाने सोँच गरेका छौँ ।’ उपाध्यायले फिल्म प्रदर्शनको यो अभियान करिब डेढ बर्षसम्म चल्ने बताएका छन् ।

बोक्सा र बोक्सी भन्ने केहि हुँदैन, यो एउटा अन्धविश्वास मात्रै हो भन्ने सचेतना फैलाउन यो अभियान लाग्नेछ, बोक्सा र बोक्सीको आरोपमा कसैले हिंसाबाट पीडित हुन नपरोस् भन्ने हेतुले फिल्म प्रदर्शनीलाई अभियानको रुपमा तिव्रता दिन लागिएको संस्थाका संरक्षक भुवनेश्वर शर्मा पौडेलले बताए । ‘शुरुवातमा कविता संग्रहबाट शुरु भएको बोक्सीप्रथा विरुद्धको यो अभियान गीत, म्यूजिक भिडियो हुँदै फिल्म निर्माणसम्म आईपुगेको छ । र, यो सचेतना फैलाउने एउटा लहर हो,’ पौडेलले भने, ‘आगामी १५ वर्षभित्र हामीले नेपालबाट बोक्सी कुप्रथालाई जरैबाट हटाउने संकल्पसहित अभियान चलाईरहेका छौँ ।’

फिल्म ‘अग्निदहन’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । उनले यो फिल्मलाई सचेतनामुलक बनाउन आफुले निकै मेहेनत गरेको बताए । यो अभियान अन्तरगत फिल्मलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमै हेरेर शुरुवात गरिएको हो । विभिन्न सरकारी निकाय र गैरसरकारी निकायहरुबाट पनि यो अभियानलाई उत्तिकै साथ रहेको प्रतिष्ठानले जनाएको छ । सर्वसाधारणका लागि स्पेशल शो को शुरुवात चाँहि पोखराबाट गर्न लागिएको हो ।

फिल्ममा प्रमिला तुलाचलन बोक्सीको भुमिकामा देखिएकी छन् । त्यस्तै माओत्से गुरुङ झाँक्रीको रुपमा देखिएका छन् । फिल्ममा उनीहरुसँगै प्रकाश घिमिरे, ताराबहादुर गुरुङ, अनुपमा भण्डारी, तुलसा जिसी, विष्णु बाँस्तोला, ओमराज पौडेल, दुर्गा न्यौपाने, लक्ष्मण ढुंगाना लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्म ८० लाख रुपैयाँको लागतमा निर्माण भएको प्रतिष्ठानले जनाएको छ ।

The post पोखरामा असोज ३० गतेबाट ‘अग्निदहन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles