एजेन्सी, २० असोज । बलिउड सुपरस्टार सलमान खानको टिभी शो ‘बिग बोस’ शुरु भएलगत्तै घरमा नाटक शुरु भएको छ । यतिबेला बलिउडमा टिभी शोहरुबीच तिव्र प्रतिस्पर्धा भइरहेको छ । सलमानका अलावा अमिताभ बच्चनको केबीसी-९ लाई दर्शकले रुचाउँदै आएका छन् । उता अक्षय कुमार पनि ‘द ग्रेट लाफ्टर च्यालेन्ज’बाट टिभी शो मा आएका छन् । त्यस्तै शाहरुख खानको पनि चाँडै नै टेड टकको माध्यमबाट टिभी शो मा आउन लागेका छन् ।
हालै यस शो लाई लिएर एक पत्रकार सम्मेलन भयो । सोही क्रममा सलमानका साथी शाहरुख खानले बिग बोसको होस्ट गर्ने इच्छा व्यक्त गरे । के तपाई सलमान खानको शो बिग बोस होस्ट गर्न चाहनुहुन्छ ? भनेर पत्रकारले प्रश्न गर्दा शाहरुखले जवाफ दिए, ‘मैले आफ्नो जीवनमा धेरै शोहरु होस्ट गरेँ । तर, मलाई यसप्रकारको शो होस्ट गर्ने मौका अहिलेसम्म मिलेको छैन । यदि मसँग समय थियो भने मैले यसलाई होस्ट गर्थेँ ।’
शाहरुखको कुरा सुनेर सलमानको कुर्सीमा उनी आउन चाहेको बलिउड पण्डितहरुले आशंका गरेका छन् । तर, अहिले भने शाहरुख ‘टेड टक’मार्फत आउँदैछन् ।
The post सलमानको ‘शो’माथि शाहरुखको नजर appeared first on Sajha Post.