एजेन्सी, २० असोज । रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर स्टारर संजय लीला भंसालीको फिल्म ‘पद्मावती’ यतिबेला बहुप्रतिक्षित बनेको छ । यसै फिल्मलाई लिएर रणवीर सिंहले निर्देशक संजय लीला भंसालीको खुलेर तारिफ गरेका छन् ।
पीटीआईको खबरअनुसार रणवीर सिंहले भने, ‘संजय लीला भंसालीले मेरो क्षमता बढाइदिए र केही स्पेशल परफर्मेन्स उनीमार्फत बाहिर आए ।’ रणवीरको भंसालीसँग यो तेस्रो फिल्म हो ।
उनी थप्छन्, ‘राम-लीला’ र ‘बाजीराव मस्तानी’मा काम गरिसकेका छन् । रणवीर अगाडी थप्छन्, ‘भंसालीले मलाई आत्मविश्वास दिए । जसबाट मैले पद्मावतीमा उचाईको उडानका लागि तयार हुन सकेँ । भंसालीले मेरो आँखा खोलिदिए र मलाई उड्नका लागि पखेँटा दिए । उनले मभित्र भएको क्षमतालाई अझ तेजिलो बनाइदिए र बाहिर ल्याए ।’
The post यसकारण रणवीरले गरे भंसालीको प्रशंसा appeared first on Sajha Post.