Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

शाहिद र कट्रिना एउटै फिल्ममा ?

$
0
0

एजेन्सी, २० असोज । बलिउड अभिनेत्री कट्रिना कैफ अहिले अमेरिकको लस एन्जेलसमा छुट्टी मनाइरहेकी छन् । यसै क्रममा उनले अर्को फिल्म खेल्ने तयारी पनि गरिरहेकी छन् । फिल्मको नाम ‘रोशनी’ बताइएको छ ।

यस फिल्ममा कट्रिनालाई अभिनेता शाहिद कपूरले साथ दिने बताइएको छ । फिल्ममा शाहिदले वकिलको भुमिका निभाउनेछन् भने कट्रिना उनकी सहयोगी र दार्शनिकको भूमिकामा देखिनेछिन् । कट्रिनाले लस एन्जेलस जानु अघि नै ‘ट्वाइलेट एक प्रेम कथा’ का निर्देशक नारायण सिंहसँग भेटेकी थिइन् । उनले फिल्मको कथा धेरै मन पराएको खबर आएको थियो । त्यसपछि अभिनेता शाहिदले पनि तिनै निर्देशकसँग भेट गरिसकेका छन् । दुवैले अब छिट्टै फिल्म साइन गरेर सुटिङ सुरु गर्ने बताइएको हो ।

यसका साथै अहिले कट्रिनाले हलिउड फिल्म खेल्नका लागि फक्स स्टुडियोसँग वार्ता गरेको पनि खबर आएको छ । हलिउड अभिनेता जेरेमी रेनरले उनलाई इन्स्टाग्राममा फलो गरेकाले पनि यस्तो हल्ला चलेको हो ।

The post शाहिद र कट्रिना एउटै फिल्ममा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles