एजेन्सी, १८ असोज । सलमानले अब चाँडै नै फिल्म ‘रेस ३’ को सुटिङ सुरु गर्नेछन् । यस फिल्ममा उनीसँग अभिनेत्री ज्याकलिन फर्नान्डज र डेजी शाह पनि देखा पर्नेछन् । तर फिल्ममा दोस्रो अभिनेता चुन्ने क्रममा अभिनेता सिद्धार्थ मल्होत्रा र आदित्य रोय कपूरलाई प्रस्ताव गरिएको थियो ।
प्रस्ताव राखेको लामो समयसम्म पनि दुवै अभिनेताले केही खबर नगरेपछि अहिले भने अभिनेता इमरान हास्मीलाई लिने निर्णय भएको बताइएको छ । आगामी महिनाभित्रै फिल्म पूरा गर्ने योजना बनाएकाले पनि फिल्म निर्देशनको टिमले तुरुन्तै इमरानलाई प्रस्ताव राखेका हुन् । इमरानले यसअघि पनि दुई अभिनेता भएका फिल्ममा काम गरिसकेका छन् र उनलाई यसप्रति कुनै आपत्ति छैन ।
फिल्ममा डेजी शाहका साथ इमरान देखिने बताइएको छ । यस फिल्मको निर्देशन र कोरियोग्राफर रेमो डिसुजाले गर्ने बताइएको छ । २००८ मा बनेको सफल चलचित्र ‘रेस’ एक्सन र थ्रिलरले भरिएको थियो । यसको सफलतासँगै २०१३ मा पुन यसको भाग २ आएको थियो जसले पनि बक्स अफिसमा सफलता हासिल गर्यो ।
यस अघि ‘रेस २’ मा अनिल कपूर, सैफ अलि खान, दिपिका पादुकोण र जोन अब्राहम अनि ज्याकलिन फर्नान्डज जस्ता कलाकारले अभिनय गरेका थिए । रेस १ र २ दुवैमा अभिनय गरिसकेका अभिनेता सैफ अलि खान ‘रेस ३’ बाट भने बाहिरिएका हुन् । उनको ठाउँमा सलमानले अभिनय गर्ने भएपछि फिल्म पहिले नै चर्चामा आइसकेको छ ।
The post ‘रेस ३’ मा सलमानका साथ यी कलाकार पनि ! appeared first on Sajha Post.