एजेन्सी, १९ असोज । बलिउडमा पछिल्लो पटक अभिनेता वरुण धावनको चर्चा चुलिएको छ । उनको फिल्म ‘जुड्वा २’ ले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भएको छ ।
हालसम्म यस फिल्मले ८५.३० करोड भारतीय रुपैयाँ कमाइ सकेको छ । सलमान खानको फिल्म ‘जुड्वा’को रिमेक गरी निर्माण गरिएको यस फिल्ममा वरुण धावन, ज्याकलिन फनार्नडेज र तप्सी पन्नुको प्रमुख भमिका रहेको छ ।
३५०० भन्दा बढी स्क्रिनमा रिलिज भएको यस फिल्मलाई डेबिड धावनले निर्देशन गरेका हुन् ।
The post बक्स अफिसमा वरुण धावनको फिल्म ‘जुड्वा २’ को सानदार कमाइ appeared first on Sajha Post.