एजेन्सी, ८ असोज । पाकिस्तानी अभिनेत्री माहिरा खान र रणबीर कपूरले साथमा चुरोट पिएको तस्बिर निकै चर्चामा आइरहेको छ । यसका साथै फोटोमा सेतो रङको ब्याकलेस पहिरन लगाएकी माहिराको ढाडमा लब बाइट जस्तो देखिने दागबारे पनि विभिन्न अनुमान लगाइएको छ ।
हालै एउटा वेबसाइटलाई दिएको अन्तर्वार्तामा रणवीरले भने, ‘माहिरालाई पछिल्लो केही महिनादेखि मैले व्यक्तिगत रुपमा चिनेको छु । उनी ती कम मानिसहरुमा पर्छिन् जसलाई म इज्जत गर्छु । उनी एक असल नियत भएकी मानिस हुन् । र, म भन्न सक्छु कि उनीसँग सबैले गलत व्यवहार गरिरहेका छन् । उनको चरित्र र व्यक्तित्वमाथि प्रश्न उठाउनु अघि हामीले आफूलाई हेर्नुपर्छ । उनी महिला हुन् भन्दैमा उनका बारेमा जे मन लाग्यो त्यहि लेख्ने र भन्ने अधिकार कसैलाई छैन । त्यसैले यो सबै खबर नचाहिँदो हो र यसप्रति सबैले ध्यान केन्द्रित नगरेकै राम्रो हुनेछ । ’ चुरोट पिउनु र रिस देखाउनु दुवै स्वस्थ्यका लागि हानिकारक रहेको भन्दै रणवीरले सबै सामु माहिराको पक्षमा बोलेका छन् । उनको यस बयानपछि झनै शङ्का बढिरहेको छ ।
गत मार्च देखि माहिरा र रणवीरका बारेमा हल्ला आउन थालेको थियो । एउटा अवार्ड शोमा दुवै साथ देखिएका थिए र साथैमा पोज समेत गरेका थिए । कट्रिनासँगको ब्रेकअप पछि पहिलोपटक रणबीर अभिनेत्री माहिरासँग देखा परेका हुन् । अहिले माहिरालाई सामाजिक सञ्जालमा गाली गर्ने र उनको चरित्रमा प्रश्न उठाउनेको भीड बढेपछि रणवीरले उनको बचाउमा सो बयान दिएका हुन् ।
यसबारेमा के भन्छन् पिता ऋषि कपूर ?
ऋषिले पनि एक अन्तर्वार्तामा बयान दिँदै भने, ‘रणवीर भर्खरको युवा हो, ऊ अविवाहित छ र उसले आफ्नो जीवनको सम्पूर्ण निर्णय आफैँ लिन सक्छ । मलाई यसप्रति कुनै आपत्ति छैन । अरु मानिसहरुले पनि रणवीरको व्यक्तिगत जीवनमा चासो नदेखाएकै राम्रो हुनेछ । एकपटक भेटेको तस्बिरले मात्रै कसरी उनीहरुबीचको सम्बन्ध थाहा हुन सक्छ ? यो सबै खबर गलत र नचाहिने हुन् । ’ यसरी छोराकै कुरामा सहमति जनाउँदै ऋषिले बयान दिएका हुन् ।
The post माहिरासँगको तस्बिरबारे मुख खोले रणबीरले appeared first on Sajha Post.