Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

निशान भट्टराईको भावुक पत्र- खास प्रतिष्पर्धा अब सुरु हुँदैछ

$
0
0

आरणीय मेरा सम्पूर्ण प्रियजनहरुमा हार्दिक नमन्, साथै नजिकिँदै गरेरको बडा दशैँको शुभकामना !

ठिक यो बेला मसँग सबैजनलाई एकमुष्ट सम्बोधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म आफुले आफुलाई नै अपरिचत ठानिरहेको छु र बिस्तारै आफुभित्र हराइरहेको छु । समय उही हो तर, उही समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर आउँदो रहेछ । मेरो हकमा समयले नेपाल आइडलको मञ्च लिएर आयो । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल आइडलको फष्ट रनर अपजस्तो गरिमामय उपाधी दिलाई दियो । यसका लागि नेपाल आइडलप्रति आभारी छु ।

खासमा मेरो जन्म नै मेरो लागि एउटा अवसर थियो, मेरा बाबा-ममी जसले मलाई जन्म दिनुभयो र यो धर्ती चिनाउनु भयो म सबभन्दा धेरै उहाँहरुको ऋणी छु । मेरा गुरुहरु जसले मलाई यहाँसम्म आइपुग्ने बाटो बनाई दिनुभयो, मेरा मार्गदर्शक मेरा गुरुहरुप्रति सतत नमन गर्दछु ।

मेरा सम्पुर्ण शुभचिन्तक, मेरा फ्यानहरु यहाँहरु मेरा भगवान सरह हुनुहुन्छ । मैले खास उपाधी नजितेर यहाँहरुको सपना पूरा त गर्न सकिनँ । यसमा मैले जे गर्नु पर्थ्यो, सायद त्यो गर्न सकिनँ र हजुरहरुको म आइडल भएको हेर्ने सपना पूरा गर्न सकिनँ । यसमा मेरा धेरै कमीकमजोरीहरु पनि थिए होलान् । तर आउँदा दिनहरुमा म ती कमीकमजोरीहरुलाई सुधार्ने वचन दिन्छु ।

तर, मैले यहाँ जेजे प्राप्त गरेँ त्यो सब यहाँहरुले नै दिलाईदिनु भएको हो । म जे छु जहाँ छु त्यो सबथोकको श्रेय हजुरहरुलाई नै जान्छ । मेरा हरेक कमदहरु हजुरहरु सम्पूर्णले थामी दिनुभएको छ,  हजुरहरु बिना म एक बुँद पानी जति पनि छैन । हजुरहरु हुनुहुन्छ हजुरहरुको माया छ र मात्र मैले म आफु भएको महसुस गरेरको छु । हजुरहरुलाई म कोटीकोटी प्रणाम गर्दछु ।

नेपाल आइडलका सम्पूर्ण प्रतिश्पर्धी साथीहरु यहाँहरुप्रति आभारी छु । यहाँहरु सम्पुर्ण हुनुहुन्थ्यो र नै यो प्रतिस्पर्धामा मैले म भएको अनुभूत गरेको थिएँ । मेरो यो उपलब्धीको भागिदार तपाईहरु पनि बराबर हुनुहुन्छ । यहाँहरुले प्रतिस्पर्धी भएर जो साथ र सहयोग गरिरहनु भयो त्यो मेरा लागि अनुपम छ । यो साथ र प्रेरणा आउँदा दिनमा पनि मलाई उत्तिकै खाँचो छ । देशविदेशमा बसेर मलाई लाखौंले सहयोग गर्नु भएको छ, यहाँहरुप्रति म ऋणी छु ।

अन्त्यमा मैले सबै पक्षलाई यहाँ सम्बोधन गर्न सकिरहेको छैन । मैले हजुरहरुलाई जति नै धन्यवाद दिए पनि त्यो यहाँहरुको सहयोगको बदलामा सारै सानो लागिरहेको छ । मेरो विवसता यतिखेर यही हो । मेरो खास प्रतिस्पर्धा भने अब सुरु हुँदैछ । यसका लागि यहाँहरु सम्पुर्णको माया, हौसला, प्रेरणा, सुझाव, सल्लाह र साथको सँधै खाँचो हुनेछ । यसको आशा गरिरहने छु ।

 

यहाँहरुको प्यारो,

निशान भट्टराई

The post निशान भट्टराईको भावुक पत्र- खास प्रतिष्पर्धा अब सुरु हुँदैछ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles