Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आफ्नी छोरीका लागि यो सब गर्न चाहन्छिन् सनी

$
0
0

एजेन्सी, ८ असोज । बलिउड अभिनेत्री सनी लियोनीले केही समयअघि मात्र एक बच्चालाई धर्मपुत्री बनाएकी थिइन् । उनले आफ्नो छोरीका लागि धेरै कुरा गर्न बाँकी रहेको बताएकी छन् ।

आफूहरुले उक्त बच्चासँग हरेक सेकेन्ड आनन्द लिएको बताइन् । उनले छोरीलाई धेरै कुरा सिकाउन र संसार देखाउन आतुर रहेको समेत बताइन् । उनले छोरीको नाम निशा कौर वेबर राखेकी छन् ।

सनीले भनिन्, ‘मेरो पुरा जिन्दगी राम्रोको लागि बदलिएको हो । समयतालिका बनाउन त्यति कठिन छैन, जति हामी सोच्थ्यौं र अहिले उनी यति ठूली भइसकेकी छ कि जरुरत परे हामीसँगै घुम्न पनि सक्छिन् ।’

सनीले थपिन्, ‘मैले उनीसँग हर सेकेन्डको आनन्द उठाइरहेकी छु । मैले योभन्दा बढी केही पनि माग्न सक्दिनँ । हामी वास्तवमै निकै भाग्यमानी छौं ।’

उनले छोरीसँगको पल नै जीवनको सबैभन्दा राम्रो अनुभव भएको र उनलाई संसार घुमाउन र धेरै कुरा सिकाउनका लागि कुर्न नसक्ने समेत बताइ्न।

रईस’ र ‘भूमि’ जस्ता फिल्ममा स्पेशल डान्स गरेकी अभिनेत्री लियोनी भन्छिन्, ‘म यो मान्दिनँ कि कुनै एक चीज लामो समयसम्म टिक्छ । त्यसैले म विश्वको जुन ठाउँमा भएपनि सँधैं खुशी रहन्छु ।’

The post आफ्नी छोरीका लागि यो सब गर्न चाहन्छिन् सनी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles