Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

राम रहीम र हनीप्रीतको सम्बन्धबारे अभिनेत्री राखीले गरिन् यस्तो खुलासा

$
0
0

एजेन्सी, ७ असोज । बलात्कारको मामिलामा २० वर्षको जेल सजाय काटिरहेका राम रहीम र हनीप्रीतको सम्बन्धलाई लिएर बलिउड अभिनेत्री राखी सावंतले एक खुलासा गरेकी छन् ।

राखीका अनुसार राम रहीम हनीबिना रहन सक्दैनन् । हनीप्रीतलाई अभिनेत्री बनाउन राखी सावंतको पनि अहम भूमिका छ । राखीले हनीप्रीतलाई अभिनय र डांसिङका लागि टिप्स समेत दिएकी थिइन् । राखी गुरमीत राम रहीम र हनीप्रीतलाई नजिकबाट चिन्छिन् । उनको र हनीको राम्रो सम्बन्ध छ ।

राखीका अनुसार राम रहीमको आधाभन्दा बढी सम्पत्ति हनीप्रीतको नाममा छ । राखीको अनुसार हनीप्रीतबिना राम रहीम बस्न सक्दैनन् । राम रहीम मिडियामा आउँदा हनीप्रीत प्राय: सँगै देखिन्थिन् ।

राखी भन्छिन्, ‘के कहिले बाबु-छोरीको सम्बन्ध यसप्रकारको हुन्छ ? उनीहरुबीच कुनै न कुनै सम्बन्ध थियो । मलाई बोलाउँदा सिरसास्थित डेरा सच्चा सौदा गएकी थिएँ । म बाबाको गुफामा पनि गएँ । जहाँ मलाई मदिराको अफर गरिएको थियो ।’

The post राम रहीम र हनीप्रीतको सम्बन्धबारे अभिनेत्री राखीले गरिन् यस्तो खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles