काठमाडौं, ७ असोज । अमेरिकामा बस्दै आएकी एकजना नेपाली गायिका निक्कि कार्कीले आफूलाई यौन हिंसाको प्रयास भएको बताएकी छन् ।
फेसबुक लाइभमा आएकी उनले अमेरिकामा एउटा कार्यक्रम आयोजक सुशिल नेपालले यौनहिंसाको प्रयास गरेको बताएकी छन् ।
क्यालिफोर्नियामा बस्दै आएकी निक्कीलाई नर्थ क्यारोलिनामा बस्दै आएका नेपालले यौन हिंसाको प्रयास गरेको बयानमा भनेकी छन् । घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा–अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको हो । सोही कार्यक्रममा सहभागी हुन जाँदा गायिका कार्की माथि यौन हिंसाको प्रयास भएको थियो ।
The post गायिका निक्कि कार्कीको फेसबुक बयान– मलाई यौनहिंसाको प्रयास भयो appeared first on Sajha Post.