काठमाडौं, ७ असोज । सञ्चारमन्त्रालय अन्तर्गत रहेको चलचित्र विकास बोर्डको नयाँ अध्यक्षका लागि राप्रपाका उद्धव पौड्यालकी छोरी निकिता पौड्यालको चर्चा चुलिएको छ ।
नेपाली कांग्रेसको मन्त्रालय अन्तर्गत पर्ने विकास बोर्डमा राप्रपाकी नेताकी छोरी निकितालाई सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नियुक्ति दिन लागेकोप्रति कांग्रेसी चलचित्रकर्मीहरूले आपत्ति जनाउँदै आएका छन् । तर, विकास बोर्डको नयाँ अध्यक्षका लागि विभिन्न सीमा तोकिएर दरखास्तका लागि आह्वान गरिएको थियो । सोही दरखास्त अनुसार निकिता उचित उम्मेदवार देखिएको सञ्चारमन्त्री निकट स्रोतले जनाएको छ ।
अध्यक्षका लागि १२ जनाको उम्मेदवारी परेको छ । तर, हरेक कोणबाट निकिताको सम्भावना बलियो रहेको बताइन्छ । दरखास्त दिँदा उनले माग गरिएअनुसारका सवै प्रमाणपत्रसहित राजनीतिक पहुँचलाई पनि बलियो पारेकी छिन् । उनलाई अध्यक्ष बनाउनका लागि बाबु उद्धव पौड्यालले पनि राजनीतिक दबाब बलियो बनाएको स्रोतहरूको दाबी छ ।
चलचित्र विकास बोर्डको अध्यक्षका लागि शनिबार अन्तरवार्ता राखिएको छ । निकिता गोपी कृष्ण व्यानरकी कार्यकारी निर्माताका रूपमा विभिन्न फिल्ममा देखिइसकेकी छिन् ।
४६ बर्ष देखि बाबुले नेपाली सिने क्षेत्रमा राखेको विरासतकी एक पात्र हुन्, निकिता । नेपाली चलचित्र क्षेत्रको विरासतलाई धान्नका लागि उनलाई उचित उम्मेदवार पनि ठान्ने गरिएको छ ।
निकिताले पहिलो चरणमा सिनेमा क्षेत्रमा संलग्न सबैसँग छलफल चलाउने, बक्सअफिस लागु गर्ने, सरकारी राजदूतावासमा सिनेमा दुत नियुक्त गर्ने लगायतका तत्कालिन एजेन्डा तयार पारेकी छिन् ।
अर्को प्रमुख कुरा उनले घरेलु सिनेमाको मुख्य थ्रेटलाई सुधार्ने योजना बनाएकी छन् । त्यो भनेको सिनेमाको लेख्य संरचना (पटकथा)मा सुधार ल्याउँन विश्वस्तरीय नेपाली साहित्यलाई एडप्टेसन गर्ने र निर्मातासँग समन्वय गरि क्षमतालाई प्रवेश गराउने बताएकी छिन् ।
The post कांग्रेसको काखमा राप्रपाकी छोरी ! appeared first on Sajha Post.