Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भावुक हुँदै गायिका मिलन अमात्य भन्छिन्– दिपक लिम्बुसँग सांगीतिक सम्बन्ध मात्रै

$
0
0

काठमाडौं, ७ असोज । गायक दिपक लिम्बुसँगको प्रेमका कारण पति मेन्सन अमात्यसँग सम्बन्धविच्छेद गरेको भन्ने आरोपको गायिका मिलन अमात्यले खण्डन गरेकी छन् । उनले उक्त आरोपलाई ‘झुठो’ आरोपको संज्ञा दिएकी छन् ।

पारिवारिक समझदारीमा नै सम्बन्धविच्छेद गरिएपनि मिडियाहरूमा दिपक लिम्बुसँग नाम जोडेर प्रचार भएकोप्रति आफू दुखी भएको बताउँदै उनले भनिन्,‘सांगीतिक क्षेत्रमा दिपक दाईसँग विभिन्न स्टेज शोमा पुग्नु फरक कुरा हो । तर, यो आरोप गलत छ । कुरा नबुझी यस्तो प्रचार नगरिदिनु होला । हाम्रो सांगीतिक सम्बन्ध मात्र हो ।’

उनले सम्बन्ध विच्छेद गरेका पति मेन्सनसँग साथीको नाता कायम रहेको बताएकी छन् । उनले भनिन्,‘वास्तविकता नबुझी समाचार वा गसिप बनाउँदा त्यसले साधारण जीवनमा निक्कै कठिन अवस्था आउन सक्छ ।’ उनले आफू अरुजस्तै साधारण भएका कारणले साधारण मानिसको ठाउँमा उभिएर हेर्नका लागि सबैसँग आग्रह गरेकी छन् ।

‘जुन सम्बन्धमा विराम लागेको छ त्यसमा म दुःखी छु’, उनले भनेकी छन्,‘मेरो व्यक्तिगत विषयभन्दा पनि गीत संगीतको विषयले मलाई सबैले चिन्नुभएको छ । त्यसको शतप्रतिशत मैले दिइरहेको छु । यसकारण यस्ता हल्लाले दुःखी हुने अवस्था नआओस् ।’

एकअर्कासँग छुटेर हिँड्दा सजिलो हुन्छ भन्ने सहमतिका आधारमा नै मेन्सनसँगको सम्बन्धलाई ब्रेक गरेको बताएकी मिलनले थपिन्,‘मेरो पनि खुसीसँग जीन्दगी बिताउने अधिकार छ ।’

गायक दिपक लिम्बुको असली नाम संजोगलाई एल्बममा राखेको भन्दै भएको प्रचारलाई पनि संयोगमात्र रहेको बताएकी मिलनले त्यसलाई आधार बनाएर प्रचार नगरीदिन आग्रह गरिन् ।

The post भावुक हुँदै गायिका मिलन अमात्य भन्छिन्– दिपक लिम्बुसँग सांगीतिक सम्बन्ध मात्रै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles