Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ज्याकलिन होइनन् सिद्धार्थ र आलियाको ब्रेकअपको कारण

$
0
0

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राबीच लामो समयदेखि अफेयर चलिरहेको थियो । उनीहरु दुवैलाई सञ्चार माध्यमले धेरै पटकसँगै रमाइरहेको भेटेको छ । तर, अहिले भने उनीहरुको ब्रेकअप भएको खबरले बलिउडमा चर्चा चुलिएको छ ।

विभिन्न स्रोतले यसको मुख्य कारण ज्याकलिन रहेको बताउँदै आएका थिए । ज्याकलिन र सिद्धार्थले फिल्म ‘अ जेन्टलम्यान’मा साथ काम गरेका थिए । केही समयअघि मात्र रिलिज भएको यस फिल्मको प्रोमोशनको क्रममा उनीहरु निकै नजिक देखा परेका थिए । एउटै फिल्ममा काम गर्दा ज्याकलिन र सिद्धार्थ नजिकिँदै गएपछि आलिया चिन्तामा पर्नु स्वभाविक थियो । आलियाबाट सिद्धार्थ टाढा हुँदै गएपछि उनीहरुको ब्रेकअपको खबर बाहिर आएको हो । त्यसैले ज्याकलिनकै कारणले उनीहरुको ब्रेकअप भएको हुन सक्ने धेरैले अनुमान गरेका थिए ।

तर, वास्तविकता अर्कै रहेको पाइएको छ । उनीहरुको सम्बन्ध ज्याकलिनका कारणले नभई आलियाका पूर्वप्रेमीका कारणले भएको बताइएको छ । फिल्म खेल्नुअघि आलिया अलि दादरकर नामक उनको साथीसँग प्रेममा थिइन् ।

उनीहरुको ब्रेकअप भएपछि आलिया सिद्धार्थसँग देखिन थालेकी थिइन् । तर, हालै फेरि आलियाले पूर्वप्रेमी अलि र उनकी बाल्यकालकी साथी आकांक्षासँग रमाइलो गरिरहेको तस्बिर पोस्ट गरेकी छन् । आफ्नो इंस्टाग्राममा उनले अलीसँग छुट्टी मनाइरहेको तस्बिर पोष्ट गरेकी थिइन् । यसरी एकाएक सिद्धार्थलाई छाडेर पूर्वप्रेमीसँग तस्बिर राखेपछि उनीहरुको सम्बन्धबारे प्रश्न उठेको हो ।  कतै आलिया र पूर्वप्रेमी अलि पुन: सम्बन्धमा त छैनन् ? आलिया र सिद्धार्थबीचको बिग्रँदो सम्बन्धको मुख्य कारण पनि यही हुन सक्ने धेरैले अनुमान गरेका हुन् ।

The post ज्याकलिन होइनन् सिद्धार्थ र आलियाको ब्रेकअपको कारण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles